प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

वीरगन्जको दियालो लर्डस प्लाजामा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

सभाले साबिक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँ चुक्तापुँजीबाट बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापँुजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १३४ रुपैयाँ हुनेछ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *