

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले कम्पनीको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
चैत १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभा आउँदो वैशाख १० गते सुनसरीको धरानस्थित होटेल गजुरमा बिहान ९ बजेबाट सुरु हुने परित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक एनआईसी एसिया बैंकको सञ्चालक समितिबाट मनोनित प्रतिनिधि सञ्चालकहरु सन्तोषकुमार राठी र दिनेश भारीलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने, प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप वा संशोधन गर्ने समेतको विशेष प्रस्ताव पारित गर्नेछ।
संस्थाले वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेकोh छ। जस आनुसार चैत ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश र सभामा भाग लिन पाउनेछन् ।

अर्थ सन्जाल