नविल बैंकको एक लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।केहि दिन अघि बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि आवेदन दिएका थिए ।

‍उक्त सेयर खरिदका लागि बैकले यसअघि नै विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना समेत प्रकाशन गरेको थियो । अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले समेत आवेदन दिन पाउने छन् ।

त्यस्तै सेयर खरिद गर्न इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्र बैंकको सेयर रजिष्ट्रार नलिब इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्न फारममा उल्लेखित शर्तहरुका आधारमा पेश गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *