काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको पदस्थापन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हालै बढुवा भएका ४ एआईजीहरुको पदस्थापन गरेको हो ।
जसअनुसार एआईजी टेकप्रसाद राईलाई टेक प्रसादराईले प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक थापालाई प्रशासन विभाग, श्यामलाल ज्ञवालीलाई उपत्यका प्रहरी कार्यालय र किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मेवारी दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरु आईजीपी वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका भएपनि आईजीपी बन्नबाट भने रोकिएका थिए ।




