यी दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम दिन रहेको छ। दुवै संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि (चैत १६ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन योग्य हुनेछन्।

विजय लघुवित्तले आफ्नो १०औँ वार्षिक साधारणसभा यही चैत २८ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८ स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११:३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

यसैगरी कालिका लघुवित्तले आफ्नो १३औँ वार्षिक साधारणसभा यही चैत २९ गते पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *