मकवानपुरमा कुटपिटका क्रममा कान टोकेर छिनालिदिए

मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एकजनामाथि कुटपिट भएको छ ।

सोमबार बिहान आफ्नै बारेमा मकै र्छन पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगिता लोहनी न्यौपानेले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गर्न जाहेरी दिन गएपनि जाहेरी लिन नमानेको पीडित संगिताले बताइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबारनै दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *