सेयर बजारमा १२.४१ अंकको वृद्धि

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२.४१ अंकले बढेर १९१८.४१ बिन्दुमा पुगेको छ ।

आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २।४९ अंकले बढेर ३६०.५२ बिन्दुमा पुगेको छ ।

आज २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच भयो । आज एक अर्ब ४४ करोड ३७ लाख १३ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमध्ये १० वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ३ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *