एक हजारले घट्यो सुनकाे मूल्य

आज सुनको मूल्यमा  गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनको मूल्य घटेको हो । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन  प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *