गरिमा विकास बैंकको खुद नाफा २४ करोड माथि, अन्य वित्तीय सूचक कस्ता ?

काठमाडौं। गरिमा विकास बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४.१७ प्रतिशतले घटेको छ। बैंकले असोज मसान्तसम्म २४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वित्तीय विवरणअनुसार सबैभन्दा ठूलो गिरावट वितरणयोग्य नाफामा देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ६३ करोड २२ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष घटेर ८ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। यो ८६.८३ प्रतिशतको गिरावट हो। त्यस्तै, असार मसान्तमा १ अर्ब २० करोड ६६ लाख रुपैयाँ रहेको सञ्चित नाफा पनि घटेर ८ करोड ३३ लाख रुपैयाँमा झरेको छ। बैंकको कुल इक्विटी ३.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड ११ लाख रुपैयाँ कायम भएको छ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात बढेर ४.८१ प्रतिशत पुगेको छ। अघिल्लो तुलनात्मक अवधिमा यस्तो अनुपात ४.७३ प्रतिशत थियो। त्यस्तै, निष्क्रिय कर्जाको तुलनामा गरिएको कर्जा नोक्सानी व्यवस्थाको कभरेज १२०.७२ प्रतिशतबाट घटेर १०४.०९ प्रतिशतमा झरेको छ। बैंकले कर्जा असुलीमा कठिनाइ र निष्क्रिय कर्जाको वृद्धिलाई चुनौतीका रूपमा उल्लेख गरेको छ।

समीक्षा अवधिमा बैंकले कर्जा नोक्सानी व्यवस्था २३.६८ प्रतिशतले घटाएर २५ करोड ४३ लाख रुपैयाँ कायम गरेको छ। उता, बैंकको ब्याज आम्दानी ११.२८ प्रतिशतले घटेर १ अर्ब ८२ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज खर्च १४.५९ प्रतिशतले घटे पनि खुद ब्याज आम्दानी ७.७९ प्रतिशतले घटेर ९२ करोड ८ लाख रुपैयाँ कायम भएको छ। बैंकको ब्याज स्प्रेड दरसमेत ४.५९ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा झरेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ६.९६ प्रतिशतले घटेर १ अर्ब ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा अन्य सञ्चालन खर्च भने ११.६० प्रतिशतले बढेर १६ करोड ८ लाख रुपैयाँ पुगेको छ। फलस्वरूप बैंकको सञ्चालन नाफा ४.३४ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै, इक्विटीमा प्रतिफल (आरओई) १०.७१ प्रतिशतबाट घटेर ९.१५ प्रतिशतमा झरेको छ। पुँजीकोष अनुपात १३.५७ प्रतिशतबाट घटेर १२.८४ प्रतिशत र टियर–१ पुँजी अनुपात ११.२९ प्रतिशतबाट घटेर १०.८६ प्रतिशतमा सीमित भएको छ। कर्जा निक्षेप अनुपात भने ८२.४३ प्रतिशतबाट बढेर ८४.१८ प्रतिशत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *