तराईका विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् । सोमबार खुलामञ्चभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई महानगर प्रहरीले रोक्ने क्रममा केही बेर धकेलाधकेलसमेत भएको थियो ।
प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौंको संख्यामा रहेका उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरे । पीडितहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, ‘तमसुक व्यवस्था खारेज गर’ लगायतका नारा लगाएका छन् ।
यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू ११ दिनको पैदल यात्रापछि काठमाडौं आएका हुन् ।
(फोटोफिचर)









