प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

उनीहरुलाई अभद्र व्यवहार मुद्दामा जनही ५ हजार रुपैयाँ धरौटी मागिएको थियो। तर उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

जेल चलान हुनेहरूमा सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्का रहेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *