सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै बैंकका केही संस्थापकहरुले आफ्नो नाममा रहेको संस्थापक समूह तर्फको सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएअनुसार सो सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालयमा आफुले खरिद गर्न चाहेको कित्ता खुलाई आवेदन दिन सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *