

साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८५ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २९ विन्दुमा झरेर बन्द भएको हो ।
आज नेप्सेमा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९ कम्पनीको सेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार जाल्पा विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।

अर्थ सन्जाल