

ग्लोबल आइएमई समुन्नत योजना–१ को धितोपत्र दोस्रो बजारमा सूचीकृत इकाई खारेज भएको छ । चैत ११ गतेदेखियोजना परिपक्क भएसँगै खारेजी प्रक्रियामा गएकाले योजनाको धितोपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत १० गते योजनाको इकाई सूचीकरण खारेज गरेको हो ।
यो योजना सञ्चालनका लागि योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
योजना खारेजी प्रक्रियाका लागि चैत ९ गते बिहीवारसम्म कायम इकाईधनीहरूलाई योग्य गराइएको योजना व्यवस्थापकको भनाइ छ ।
योजना खारेजीपछि योजनाअन्तर्गतका सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई उनीहरूको स्वामित्वको आधारमा भुक्तानी दिइने जानकारी योजना व्यवस्थापकले गराएको छ ।
योजनाका इकाईहरू खरीद गरी हालसम्म पनि आफ्नो इकाई अभौतिकीकरण नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउनसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । योजनाले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ४ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अर्थ सन्जाल