महुली लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि वीक २०२३’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ‘प्लान युवर मनि, प्लान्ट युवर फ्युचर’ भन्ने मुल नाराको साथ वित्तीय साक्षरता कार्यक्रम चैत्र ११ गते सम्पन्न गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालयबाट स्थानीय निकाय, पत्रकार, स्थानीय प्रशासन र संस्थाका सदस्यहरुको सहभागीतामा औपचारीक कार्यक्रम गरी चैत शुभारम्भ भएको कार्यक्रम चैत्र ११ गते सम्म विभिन्न चरण गरी संस्थाको विभिन्न शाखा कार्यालयका सदस्यहरुको सहभागीतामा सम्पन्न गरेको हो ।

कार्यक्रमहरुमा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व , वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ, आम्दानी, खर्च, कर्जाको प्रयोग, बिप्रेषण लगाएतका विषयमा अन्र्तक्रिया तथा जनचेतनामूलक सामाग्रीहरु प्रस्तुत्त गरिएको थियो ।

बिभिन्न शाखा कार्यालय स्तरमा सञ्चालन गरिएको कार्यक्रममा युवा, विद्यार्थी र महिला गरी करिब ३५०० जना सदस्यहरुको सभागीता रहेको थियो ।

संस्थाले समापन चरणको कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय सप्तरीको माहुलीमा संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रभु नारायण चौधरी सभापतित्वमा समापन गरेको छ । करिब ३०० जना सदस्यको सहभागीतामा वित्तीय साक्षरता जनचेतनामूलक ¥याली माहुली बजारको परिक्रमा गर्दै संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा औपचारी कार्यक्रम गरी समापन गरेको हो ।

समापन कार्यक्रम अग्नीसाइर कृष्ण सवरन गाउँपालिका उपाध्यक्ष कलपना कु.चौधरीको प्रमुख आतिथ्य साथै विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न लघुवित्तका शाखा प्रमुखहरु, पत्रकार लगाएत विभिन्न अतिथिहरुको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै अग्नीसाइर कृष्ण सवरन गाउँपालिका उपाध्यक्ष कलपना कु.चौधरीले हाल बैंक तथा वित्तीय संस्था तथा लघुवित्तविरुद्ध किस्ता नतिर्ने, ब्याज नबुझाउने जस्ता भ्रम फैलाइएको विषयमा चर्चा गरी सहभागीहरुलाई समयमा नै किस्ता तिर्न साथै केहि समस्या भए संस्थालाई समास्याका बारेमा खुलेर छलफल गर्न सुझाव दिएको थियो ।

कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष प्रभु नारायण चौधरीले आम्दानी अनुसारको खर्च गर्ने बानिको बिकास गर्न, भ्रामक समाचार तथा समुहहरुको कुराहरुमा नलाग्न सुझाव दिएका थिए । उनले गाउँपालिकालाई समेत उद्यमशीलता बिकासमा सहकार्य गर्न साथै सदस्यहरुलाई समेत सिप तथा दक्षताको प्रयोग गरी आम्दानी बढाउन तर्फ अग्रसर बन्न सुझाव दिदै साथै कर्मचारीलाई सकारात्मक भावना, उच्च मनोबल सहित सामाजिक विकास र वित्तीय साक्षरताको विषयमा काम गर्न निर्देशन दिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *