सीतेबाको जेष्ठ सेभिङसहित करिब एक दर्जन सहकारी कालोसूचीमा

चैत दोस्रो साता नबित्दै झन्डै एक दर्जन सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले चैत १० गतेसम्म ११ वटा सहकारीलाई कालोसूचीमा राखेको हो । जसमा हाँस्यकलाकार मधुसुदन पाठक अर्थात (सीतेबा) को सहकारी समेत परेको छ ।

केही हप्ताअघि मात्र चलचित्र छक्का पञ्जा ४ ले सहकारीको साख गिराउने संम्वाद प्रयोग गरेको भन्दै त्यसको विरोधमा उत्रिएका सितेबाको आफ्नै सहकारी कालोसूचीमा परेको हो ।

सीतेबा जेष्ठ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सचिव तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनीसँगै यस सहकारीका सञ्चालकमा बद्री प्रसाद हुमाँगाई, इन्दिरा अधिकारी, कुशल पाठक, निशा रिमाल कार्की, राज तुलाधर र सुशिल सिग्देल रहेका छन् ।

त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालकमा केन्द्र नाथ शर्मा र मन्दिप खवास छन् । एकता समूह बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा गिरिजादेवी कोइरिन, मोहन प्रसाद कुशहवा, पन्ना लाल महतो कोइरी, राम लाल महतो कोइरी र शोशिला देबी छन् ।

उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा दुर्गा राज न्यौपाने र लक्ष्मी श्रेष्ठ छन् ।

शिखरचुली सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा गंगा महर्जन, जमुना महर्जन र सञ्जु श्रेष्ठ छन् ।

पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा अर्जुन बास्ताकोटी, भुवन सापकोटा, धिरेन्द्र बराल, मंगल बहादुर तामाङ, पूरान रावल, पुष्पा बाबु पाण्डे, राज कुमार शाह र राकेश ज्याखो छन् ।

राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा चेत बहादुर गुरुङ, दिपक अर्याल, कुलबहादुर गोदार, लक्ष्मी कुमारी शर्मा, नारायण प्रसाद सुवेदी, राम बहादुर गुरुङ र सूर्य प्रसाद लामिछाने छन् ।

त्यसैगरी, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा सन्देश राई, सिर्जना कुँवर र युवराज बोहोरा छन् ।

सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा अनिल गोतामे, बिनोद पोखरेल र कमला श्रेष्ठ छन् ।

महिला चालक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा अजय मान श्रेष्ठ, बिनोद बिक, सपना बिक र सुरेश पन्थी छन् ।

त्यस्तै, सुक्रपथ मल्टीप्रपोज को-अपरेटिभको सञ्चालकमा आशिका चौलागाई, भागरथी भट्ट, देविका भट्टराई र सुस्मिता पण्डित छन् ।

कर्जा सूचना केन्द्रले फागुन महिनामा १४ वटा सहकारी संस्थालाई कालोसूचीमा राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *