बालशिक्षा मा.वि प्युठानका पूर्व विधार्थी समाजद्वारा सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं । आज श्री बाल शिक्षा मा.वि . मच्छि प्युठानका पूर्व विधार्थी समाजले काठमाडौको थानकाेट स्थित त्रिभुवन पार्कमा सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । प्युठान जिल्ला झिमरुक गाउपालिकाका यस विद्यालयको स्थपनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएका र उक्त विद्यालयमा अध्ययन अध्यापन गरेका साथै समाजको विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका निभाएका ब्यक्तित्वहरु मध्ये संस्थापक सदस्य , पूर्व प्राचार्यहरु र पूर्व विधार्थीहरुलाई सम्मान गरिएकाे हो ।

 

विद्यालयका संस्थापक सदस्य श्री माेहनविक्रम सिहं ,पुर्व प्र.अ यज्ञ मुर्ती अर्याल ,पुर्व प्रअ रणवहादुर खड्का,पुर्व प्र.अ.राजेन्द्र विक्रम सिहं, पुर्व प्र.अ.विस्णु प्रसाद शर्मा,महान्यायाधिवक्ता डा.दिनामणी पोख्रेल,लुम्बिनी प्रदेश सांसद निमा गिरी, लुम्बिनी विकास प्राधिकरण प्रमुख छविराज पाेख्रेल,लुम्बिनी प्रदेश सहकारी वाेर्डका सदस्य पदम भट्टराई , राष्ट्रिय क्रिकेटर प्रतिश जि सी लगायतका ब्यक्तिहरुलाई कार्यक्रमामा सम्मनित गरिएको छ।

पूर्व विधार्थी समाजको तर्फबाट यस सम्मान तथा वनभोज कार्यक्रमनमा सहयोग गर्नुहुने र सहभागी सबैलाई धन्यवाद ज्ञापन समेत गरिएको थियो।

तस्बिरहरु :

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *