सन नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने व्यवस्थाअनुसार ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको हो।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाएर कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले तोकेको सो समय भित्र संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *