अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर धनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
चैत ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आवमा आर्जन गरेको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई कुनै खालको लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीले गत साउन १८ देखि २२ गतेसम्म ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने असोज ७ गते सेयर सूचीकृत भई असोज ९ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा १ करोड १० लाख नाफा कमाएको थियो ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म अर्थात् पुस मसान्तसम्ममा १ करोड ५४ लाख नाफा कमाएको छ ।




