सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको छ : मुख्यसचिव वैरागी

मुख्यसचिव डा शङ्करदास वैरागीले अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नु अत्यन्त खुशीको क्षण भएको बताएका छन् ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुवात भएको बताएका हुन् ।

गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लगाउन सरकारले सहजीकरण गरेको बताएका छन् । उनले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताए ।

उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको पनि बताए । उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताए । उनले राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनेसक्ने उल्लेख गरे ।

उनले भने, ‘सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई सामाजिक सुरक्षाको माध्यमबाट कम गर्दै लैजान सकियो भने भोलि नागरिकलाई अफ्ठ्यारो गर्दा कोषको माध्यमबाट समस्या सम्बोधन हुनसक्ने भएकाले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजानुपर्छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *