वैदेशिक रोजगारीका श्रमिकलाई सामाजिक सुरक्षामा अर्थतन्त्रलाई चलायमान बनाउँछ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने बताएका छन् ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताएका हुन् ।

उक्त योजनाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने बताए । “वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्छ,” उनले भने ।

सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उनको विश्वास छ ।

वैदेशिक रोजगारमा रहेकाहरूले नेपालमा वार्षिक लगभग एक खर्ब रेमिट्यान्स पठाउने गरेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने,‘ वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरूलाई ठूलो राहत पुग्छ। वैदेशिक रोजगारमा रहेकाहरूले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिट्यान्स पठाउने गरेको छन्। रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देश चलायमान भएकाले उनीहरूका लागि सरकारले यस्ता योजनाहरू आगामी दिनमा पनि ल्याउनुपर्छ। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *