सिटी होटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले होटललाई चैत ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
होटलले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख ७४ हजार हजार कित्ता शेयर अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ ।
हाल होटलको चुक्ता पूँजी १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
होटलले काठमाडौं तहाचलमा ह्यायत प्लेस ब्राडबाट ५ तारे होल सञ्चालन गरिरहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।




