डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो ।
संस्थाले बुकक्लोजको मिति अर्थात् फागुन १९ गतेसम्म कायम सेयरधनीको खातामा उक्त बिनास जम्मा गरेको हो । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सेयरधनीहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ ।
कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट यस वर्षको लाभांश पारित गरेको थियो । गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र कर गरी ११.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।




