सुनको मूल्य बढ्यो यस्तो छ बजारभाउ

नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *