प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले वैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने

प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरपछि वैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । गत वैशाख २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले माघ १ गते अन्तिम सम्झौता गरिसेका छन् ।

यी ३ कम्पनीले आगामी वैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने गरी तयारी गरेका हुन् । यद्यपि एकीकृत कारोबारको आधिकारिक सूचना भने सार्वजनिक हुन बाँकी छ । तीन कम्पनी एक भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्नेछन् ।

कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थान मनकामना मार्ग नक्साल, काठमाडौंमा रहनेछ ।

समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुग्नेछ । यी तीन कम्पनी एक भएपछि चुक्तापूँजीको हिसाबमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बन्नेछ ।

मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका हालका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणर् हुने अन्तिम सम्झौता भएको छ ।

गुराँस लाइफका प्रमुखकार्यकारी अधिकृत विपिन कणर् र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *