सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनी आर्थिक वर्ष ०७८/७९ को लागि अधिकतम ७५ रूपैयाँसम्मको बोनसदर निर्धारण गरेको हो । यस कम्पनीले ६ प्रकारका बीमालेखमा वार्षिक न्यूनतम २७ रूपैयाँ बोनसदर तय गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मको बीमालेखमा ४४ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४९ रूपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ५५ रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।








