नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूल्य स्थिर थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।







