नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्बमाथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४४ अंकले घटेर १९३८.६२ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०३ अंकले घटेर ३६५.२९ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५२ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब २० करोड २१ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी १ मात्त समूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये ५१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसारआज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४५८.४० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४६९.१० रुपैयाँ पुगेको छ ।

किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *