माछापुच्छ्रे बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि आजदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले चैतमा बचतको ब्याज ६ देखि ९ प्रतिशत कायम राखेको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ ९ प्रतिशत ब्याज रहेको छ । बैंकले निक्षेपको ब्याज भने यथावत राखेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ११.४० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले अधिकतम १६.४० प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

बैंकर्स संघले प्रिमियम ६ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने निर्णय गरेपछि सोहीअनुसार नै बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकबाट कर्जा लिँदा आधार दर ११.४० प्रतिशतमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट होम लोन, अटो लोन, मोटरेज लोन, प्रिभिलेज लोन, शैक्षिक धितो कर्जा, मार्जिन लेन्डिङ लोन लगायत अन्य खालका लोन लिँदा १६.४० प्रतिशत ब्याज लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *