बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी व्यवसायीको माग सम्बोधन गर्न तयार भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको हो।
‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्ष श्रेष्ठका अनुसार प्रचण्ड नेतृत्वको सरकार उद्योगी व्यवसायीको माग सम्बोधन गर्न तयार रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण आन्दोलित थिए । पछिल्लो समय उनीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर काठमाडौं उपत्यका लगायत देशभर आन्दोलित थिए ।




