एनआईसी एसिया बैंकका ४४ शाखा बन्द, थप ७ शाखा पनि बन्द हुने सूचीमा

काठमाडौं। एनआईसी एसिया बैंकले खर्च कटौती तथा वित्तीय अवस्था सुधार गर्ने उद्देश्यले थप सातवटा शाखा कार्यालय बन्द गर्ने भएको छ।

गत वैशाखमा एकैपटक ४४ वटा शाखा बन्द गरेको बैंकले पुनः विभिन्न स्थानमा रहेका सातवटा शाखा बन्द गर्ने तयारी गरेको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खर्च व्यवस्थापन गर्न र आवश्यकताअनुसार शाखा समायोजन गर्न नीतिगत सहजीकरण गरेपछि एनआईसी एसियाले शाखा बन्द गर्ने क्रमलाई तीव्रता दिएको हो।

पछिल्लो समय बैंकले काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी शाखा कार्यालय बन्द गरिसकेको छ।

बैंकले फेरि बन्द गर्न लागेका सातवटा शाखामध्ये काठमाडौंको ठूलोभर्याङ, रुपन्देहीका राममन्दिर बुटवल, देवीनगर र देवकोटा चोक, झापाको फाल्गुनन्द चोक तथा भक्तपुरका ट्याङ्लाफाँट र पुरानो ठिमी रहेका छन्।

बैंकले यी शाखालाई क्रमशः नजिकका अन्य शाखामा समायोजन गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *