विश्वनीयतामा अब्बल बन्दै माछापुच्छ्रे बैंक, यी हुन् खाता खोल्नैपर्ने प्रमुख कारण

विकट क्षेत्रमा पनि शाखा विस्तार गर्न सफल

‘सबल, उत्कृष्ट एवं विस्तारित’ भन्ने नाराका साथ अगाडि बढेको बैंक हो माछापुच्छ्रे बैंक । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजतपत्र प्राप्त माछापुच्छ्रे बैंकले आफ्नो स्थापना कालदेखि नै ग्राहकहरुलाई सर्वसुलभ, प्रविधियुक्त र विश्वनीय सेवा प्रदान गर्दै आइरहेको छ । आजको प्रतिस्पर्धा र प्रविधिको युगमा पनि आफ्नो सेवा विस्तारमा बैंक कतै चुकेको देखिदैन ।ग्राहकको सन्तुष्टिलाई नै आफ्नो सफलता मान्दै आएको माछापुच्छ्रे बैंक स्थापनाको २३औं वर्ष पार गरी २४औँ वर्षमा प्रवेश गरीसकेको छ ।

स्थापनाकालको २३ औँ वसन्त पार गरिसकेको यस बैंकले देशका हरेक तह र तप्कामा बैंकिङ सेवा पुर्याउँदै आम नागरिकलाई बैकिङ पहुँचसम्म पुर्याउने उद्देश्यका साथ हाल देशको सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउन्टरको माध्यमबाट १४ लाखभन्दा बढी ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वनीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकप्रति ग्राहकको भरोसा गुम्दै गएको अहिलेको परिप्रेक्ष्यमा पनि यस बैंकले आफ्ना ग्राहकहरुको मन सजिलै जितिरहेको छ । जसको कारण हो बैंकको सर्वसुलभ सेवा र विश्वसनीय आधार ।

अब्बल व्यवस्थापकीय टिम अनि लामो इतिहास बोकेको बैंक भएकै कारण माछापुच्छ्रे बैंकप्रति ग्राहकको विश्वास अझ चुलिएको छ । जसको कारण यो बैंकसँग हालसम्म १४ लाखभन्दा बढी ग्राहक जोडिएका छन् ।माछापुच्छ्रे बैंक विकट मानिएका मुस्ताङ, मुगु, जुम्ला, डोल्पा, दार्चुला लगायतका जिल्लाका विकट क्षेत्रमा पनि शाखा विस्तार गर्न सफल भइसकेको छ ।

प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको माछापुच्छ्रे बैंक डिजिटल बैंकिङ्ग क्षेत्रमा पनि उल्लेख्य फड्को मारेको छ । अनलाइनबाटै खाता खोल सकिने सुविधामा पनि बैंक अगाडि रहेको छ । त्यसैगरी, क्रेडिट कार्ड, डेबिट कार्ड, च्याटबट, भिडियो केवाइसी लगायात डिजिटल प्लाटफर्ममा थप सेवा तथा सुविधाहरु समेत बैंकले विस्तार तथा विकास गर्दै आइरहेको छ । बैंकले पछिल्लो समयमा एमबिएल एम–स्मार्ट लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई बैंकमा आउने झन्झट नहोस् भन्ने लक्ष्यकासाथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप गर्दै ल्याईरहेको छ।

माछापुच्छ्रे बैंकमै किन खोल्ने खाता ?

माछापुच्छ्रे बैंकले ग्राहकको सहजतालाई मध्यनजर गरी अनलाइनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । जसका कारण ग्राहकले खाता खोल्नको लागि बैंक नै धाउनुपर्ने समस्या दूर भएको छ । ग्राहकले जहाँकहिँबाट खाताको खोली रकम बचत गर्न सक्नेछन ।

-अनलाइनबाटै घरैमा बसीबसी खाता खोल्न, डेबिट, क्रेडिट कार्डको आवेदन दिन, केवाइसी भर्न, डिम्याट एवं मेरो सेयरको खाता खोल्न सकिने ।

– शून्य बचतमै खाता खोल्न सकिने ।

– बैंकले युवा लक्षित योजनालाई मुख्य प्राथमिता दिएको छ ।

– प्रतिस्पर्धी ब्याजदर प्रदान ।

– जेष्ठ नागरिक, महिला, बालबालिका र गैरआवासीय नागरिकलाई छुट्टाछुट्टै बचत खाता ।

-विशेष खाताहरुमा सी-आस्वा (आईपीओ) भर्दा लाग्ने कुनै चार्ज नलाग्ने ।

-मेरो सेयर र डिम्याट खाता नि:शुल्क खोल्न सकिने ।

-विद्यार्थीको लागि एम-स्मार्ट बचत खाता – शुन्य ब्यालेन्समै खोल्न मिल्ने र बैंकले उल्टै २०० रुपैयाँ बचत गर्दिने ।

– रेमिट्यान्स खातामा अन्य खातामा भन्दा एक प्रतिशत बढी ब्याज पाइने ।

-डिजी युवा सेभिङ अन्तर्गत एक सय रुपैयाँमा खाता खोल्न सकिने ।

– डिजी युवा सेभिङ अन्तर्गत खाता खोल्दा शैक्षिक कर्जामा ०.२५ प्रतिशत छुट ।

विभिन्न समयमा ग्राहकको सुबिधाको लागि अत्याधुनिक र अत्यावस्यक सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक वित्तीय सूचकहरुमा समेत उतीकै अब्बल देखिन्छ । हाल बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो छन् भने प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *