नेप्सेमा झिनो अंकको बृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) झिनो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.१७ अंकले घटेर ३६८.३२ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब १३ करोड ५९ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ ।

यसदिन १२६ कम्पनीको सेयर मूल्य बढेको छ, भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२५.९० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२६.५० रुपैयाँ पुगेको छ ।

आज एनआइसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *