कृषि विकास बैंक र स्वरोजगार लघुवित्त लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले भोलि फागुन ३० गते बुक क्लोज गर्दैछन् । त्यसैले आज फागुन २९ गतेसम्म कायम सेयरधनीमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सभाले अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत १४ गते बोलाएको साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गर्नेछ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा हुनेछ ।

त्यस्तै, स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र करसहित १.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चैत ११ गते आयोजना गरेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गरिनेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे सुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *