नेप्सेमा थपियो नबिल बैंकको सवा ४ करोड कित्ता बोनस सेयर

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज नबिल बैंकको करिब सवा ४ करोड कित्ता सेयर थपिएको छ। नेप्सेमा नबिल बैंकको बोनस सेयर थपिएको हो ।

नबिल बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

नबिल बैंकले आर्थिक वर्ष २०७८/७९का लागि सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सोही १८.५ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *