नवलपरासीको मुकुन्दपुरमा रहेको गोरखा ब्रुअरी कम्पनीने वियरमा अखाद्य बस्तु मिसावट गरेको खुलसा भएको छ । यस अगाडि पनि कम्पनीले वियरमा अखाद्य बस्तु मिसावट गरेको भनेर पटक—पटक मुद्धा चलेको थियो । यस पटक भने कम्पनीले मानिसको स्वास्थ्यमा हानी गर्ने पलास्टिक मिसावट गरेको खुलेको छ ।
गोरखा ब्रुअरी कम्पनीले अखाद्य बस्तु वियरमा मिसावट गरेको आम नेपाली टेलिभिजनले आज पत्रकार सम्मेलन गरि भण्डाफोर गरेको हो । टेलिभिजनको मिसन भण्डाफोर टिमले अखाद्य बस्तु मिसावट गरेको बारे टेलिभिजनमा रिपोर्ट प्रस्तुत नगर्न भन्दै कम्पनीले विज्ञापन दिने बारगेनिङ्ग समेत गरेको मिसन भण्डाफोर टिमका प्रमुख देवेन्द्र ढकालले बताए ।
गोरखा स्ट्रोङ्ग वियरमा प्लास्टिक मिसावट भएको बारा जिल्लास्थित निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको शुभम् गेष्ट हाउस एण्ड होटलका संचालक र वियर अर्डर गर्ने ग्राहकले बताएका छन् । वियरमा अखाद्य बस्तु मिसावट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा आइसकेको छ ।
यस विषयमा कम्पनीका इन्चार्जसँग बुझ्न खोज्दा इन्चार्जले यो विषयमा बोल्न चाँसो नदेखाएको मिसन भण्डाफोर टिमले बताएको छ । भिडियो प्रचार प्रसार नगर्न भन्दै गोर्खा ब्रुअरी कम्पनी मधेश प्रदेशका प्रतिनिधिले टेलिभिजनसँग विज्ञपनको वार्गेनिङ्ग गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुमागाईले हरेक खाद्य बस्तुमा अखाद्य पदार्थ मिसावट गरेको हुनसक्ने भन्दै सञ्चार माध्यमले कुनै लालचमा नपरि सत्य तथ्य बाहिर ल्याउन पर्ने पत्रकार सम्मेलनमा बताए ।
‘नेपालमा वर्षेनि बियरको बजार हिस्सा २० देखि ३० प्रतिशत बढ्दै गएको छ । सरकारको गतिलो राजश्व आम्दानी गर्ने क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्ब राजश्व बढि राजश्व उठाउने गरेको छ । यसरी बियर खपत बढ्नुको कारण युवा पुस्ताको बियरप्रति बढ्दो आकर्षण हो । साथै, पर्यटक आगमनमा भएको वृद्धि मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।’
ढकालले गोरखा ब्रुअरीले ५६ प्रतिशत बजार हिस्सा ओगटेको पनि तथ्यांक पेश गरे । र, ८१ देखि ९० लाख कार्टुन बियर उत्पादन गर्ने गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि खेलबाड गरेको दाबी गरे ।
उनले गोरखा ब्रअुरीले आफ्नो उत्पादनमा अखाद्य वस्तु मिसाउनेजस्तो गलत हर्कतमात्रै नभएर यो भन्दा पनि धेरै गल्ती गरेको कुरा मिडियामा आईरहेको सुनाए । उनले भने,‘तर, हामीले देखाउन खोजेको गोरखा ब्रुअरीको नयाँ कर्तुत भने होईन, नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अझै हौसला बढ्दै गएको छ, कहिले न्यायालयका न्यायमुर्ती किन्छ त कहिले कार्यालयका कर्मचारी, कहिले जनप्रतिनिधि त कहिले सांसद तथा मन्त्री नै किन्छ, बिक्नेहरु नै बिक्छन् त किन्नेको हौसला नबढेर के बढोस त ?
अब हामी त्यसो हुन दिँदैनौं, नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने उत्पादन कम्पनी बन्द गराएरै छोड्छौं । यो हाम्रो प्रतिबद्धता र संकल्प हो ।’ गोरखा ब्रुअरीको कारण उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि आचार्य र नरबहादुर शाहील जागिरबाट हात धुनुपरेको पनि उनले स्मरण गराए । गोरखा ब्रुअरीले आयकर र मूल्य अभिवृद्धिसमेत ली गरेको कुरा प्रमाणित भैसकेको उनको भनाई छ ।
उनले कहिले बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्नेमा गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको पाईएको स्मरण गराउँदै अहिले भने आफ्नो उत्पादन ‘गोरखा स्ट्रङ’ बियरको बोटलमा अखाद्य वस्तु ‘प्लास्टिक’ भेटिएको भिडिओसमेत सार्वजनिक गरेका छन् ।
उनले निजगढको एक होटेलमा उक्त बियरमा अखाद्य वस्तु भेटिएको र सोबारे ब्रुअरीको मधेश प्रमुखमा रहेको कार्यालय प्रमुखलाई जानकारी गराईएको स्मरण गराए ।उनले भने,‘हामीले त ब्रुअरीको हेड अफिसमा पनि फोन गरेका थियौं, तर रेस्पोण्ड भएन । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता कम्पनीलाई कारबाही गर्नुपर्छ । यो त धेरै लापरवाही भयो ।
हामीले अब आईन्दा जनताको स्वास्थ्यप्रति खेलबाड नहोस भनेर नै यो विषयमा आम जनतासामू भण्डाफोर गरेका हौं, हामी नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने बियर उत्पादक कम्पनी बन्द गराएर नै छोड्ने छैनौं । हामी यो मुद्दा लिएर सर्वोच्च अदालत पनि जानेछौं । विज्ञापनको प्रलोभन पनि दिईयो । हामी आज पत्रकार सम्मेलन मात्रै गरेर चुप लागेर बस्दैनौं । निरन्तर फलोअप गरिरहन्छौं ।