जन्मदिनमा प्रभु लाइफको जीवन बीमा पोलिसी उपहार

अनावश्यक खर्चहरुलाई घटाई विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारस्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ।

यसै क्रममा ललितपुर धापाखेलनिवासी सानु थापा मगरले विपना थापा मगरलाई जन्मदिनका अवसर पारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहारस्वरुप दिएका हुन्। उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगविरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ।

प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख मदन बिष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा मगर दम्पतीलाई बधाइ एवं धन्यवाद ज्ञापन गरे।

पाटन शाखाका एजेन्सी म्यानेजर विजयकुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा एमडीआरटी श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारीसहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *