तराईमा आज होली मनाइँदै, सार्वजनिक बिदा

नेपालको तराई क्षेत्रमा आज होली मनाइँदै छ । सरकारले आज तराई क्षेत्रमा होलीको बिदा दिएको छ । रंगहरुको पर्व होली पहाडमा मनाएको भोलिपल्ट मनाइन्छ ।

हिमाल तथा पहाडी क्षेत्रमा फागु पूणर्िमा भन्ने प्रचलन भए पनि तराईमा भने होली नै भनिँदै आएको छ। अहिले पहाडमा पनि फागु पूर्णिमा भन्दा होली नै भन्न युवा पुस्तालाई सहज लाग्ने गर्छ । मैथिली समुदायले भने होलीलाई फगुआ र होरी भन्ने गर्छन ।

हाेली पर्व अरु चाडपर्वभन्दा रमाइलो यसअर्थमा पनि छ कि हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदि सबैले यो पर्व मनाउँछन । एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

होली पर्वलाई असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा  लिने गरिन्छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *