काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको हो।
आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको मूल्यअनुसार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४५ रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ८६७ रुपैयाँ निर्धारण गरिएको छ। आइतबार १० ग्राम चाँदी ३ हजार ९९० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।




