आज काठमाडौं उपत्यकाको साथसाथै हिमाली र पहाडी क्षेत्रमा होली मनाइएको छ । असत्यमाथि सत्यको जीत र हर्षोल्लासको रुपमा मनाइने यस पर्वलाई रङहरुको पर्व पनि भन्ने गरिन्छ । सद्भाव र खुशी बाँडिने यस पर्वले भाइचारालाई पनि बलियो बनाउने गर्छ ।
युवायुवती, किशोरकिशोरी खुलेर रङ छ्यापाछ्याप गर्दै होलीको उत्सव मनाउँछन् । होलीले भिडभाड बढ्दा ट्राफिक प्रहरी र सुरक्षाकर्मीलाई भने सवारी व्यवस्थापनमा भने हम्मेहमे परेको छ ।
काठमाडौंको सुन्धारा, बानेश्वर, माइतीघर, रत्नपार्क, बसन्तपुर लगायतका स्थानमा भिडभाडले गर्दा सवारी साधनहरुले जामको सास्ती खेप्नु परेको छ ।





