प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट दिने

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिन लागेको हो ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०७९ फाल्गुन २१ गतेदेखि २०८० बैशाख ३१ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शत प्रतिशत छुट गर्ने जनाएको छ ।

दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा मात्र यो सुविधा लागु हुने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *