साई कृपा चियामा रसायन भेटिएपछि उद्योगका अन्य उत्पादन पनि रोक्का

काठमाडौं । रुपन्देहीस्थित साई कृपा चिया उद्योग प्रालिले उत्पादन गरेको ‘साई कृपा गोल्ड चिया’मा अखाद्य कृत्रिम रङ भेटिएपछि सरकारले उद्योगका अन्य उत्पादनको बिक्री–वितरणमा समेत रोक लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षण गर्दा चियामा कृत्रिम बाह्य रङ मिसावट भएको पुष्टि गरेको हो। विभागले उद्योगमाथि थप अनुसन्धान अघि बढाउँदै प्रभावित चिया बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले चिया उत्पादक तथा विक्रेतालाई कृत्रिम रङ वा अन्य मिसावट नगर्न चेतावनी दिएको छ। नियम उल्लंघन गरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *