नेप्सेमा थपियो एक करोड ३९ लाखभन्दा बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर सूचीकृत भएको छ । आज विभिन्न ५ कम्पनीको एक करोड ३९ लाखभन्दा बढी कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

आज प्रभु बैंक, सेन्चुरी कमर्सियल बैंक, आइसीएफसी फाइनान्स, आँधिखोला लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

साविकको प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

त्यस्तै, साविकको सेन्चुरी कमर्सियल बैंकको ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस सेयर बराबरको ५ लाख ६३ हजार ५५८ कित्ता सेयर नेप्सेमा थपिएको छ ।

त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत सेयर बराबरको बोनस ३ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *