नेपाल, यूएई र पपुवा न्युगिनीबीचको ट्राई सिरिज क्रिकेट टिकट माइपे वालेटबाट खरिद गर्दा २० प्रतिशत छुट

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ।

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ। माइपेका अनुसार टिकटको मूल्य रु। १५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा टिकटको मूल्य रु। १२० मात्रै निर्धारण भएको हो। खेल आगामी फागुन २५ गतेदेखि टीयू क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदैछ।

माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए।

पछिल्ला खेलहरुमा नेपाली क्रिकेट दर्शकहरुको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको व्यवस्था गरेको माइपेले जनाएको छ। माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टीयू क्रिकेट मौदान पुगेर नेपाली खेलाडिलाई समर्थन र हौसला प्रदान गर्नसमेत आह्वान गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *