एनआईसी एशिया बैंकमा खाता खोल्दा फाइदै फाइदा : ८४ लाखसम्मको बीमादेखि निःशुल्क सेवासम्म

एनआईसी एशिया बैंक वाणिज्य बैंकमध्येको उकृष्ट छ । शाखा विस्तार र सेवा प्रवाहमा अब्बल ठहरिएको एनआईसी एशियाले झन्डै ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ  । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

विकट ठाउँमा समेत पुगेको यो बैंकको मुलुकका विभिन्न ठाउँमा ३५९ शाखा, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ सञ्चालनमा छन् । बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता २२ लाख ६३ हजारभन्दा बढी छन् ।

‘बैंक पनि साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने नाराका साथ अगाडि बढेको यो बैंकले दुरदराजमा समेत आफ्नो शाखा विस्तार गरी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले बेलाबेलामा विभिन्न सेवा तथा स्किमहरु ल्याएर ग्राहकलाई प्रफुल्लित बनाएको छ ।

हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकमाझ ल्याएको छ ।

यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आइपीएस/सी आइपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको यस बैंकले बैंकले घरबाटै खाता खोल्न सकिने  सुविधा समेत ल्याएको छ । घरमै बसेर पाँचदेखि ६ मिनेटमा कम्प्युटर, ल्यापटपबाट चाहेको समयमा नागरिकता, फोटो र भएमा प्यान कार्ड फोटोकपी गरेर ६ स्टेपमा खाता खोल्न सकिन्छ ।

बैंकको वेबसाइट एनआईसी एशिया बैंक डट कमबाट स्टेप १ मा व्यक्तिगत जानकारी, स्टेप २ मा ठेगानाको जानकारी, स्टेप ३ मा व्यवसायीक जानकारी, स्टेप ४ डिक्लेरेसन, स्टेप ५ मा डकुमेन्टहरु अपलोड गर्ने र स्टेप ६ मा केवाईसी भेरिफिकेसन गरेर खाता खोल्न सकिन्छ । जसले गर्दा बैंकसम्म पुग्ने समयको बचत हुन्छ । जतिबेला पनि खाता खोल्न सकिनेछ । यस बैंकमा खाता खोल्ने ग्राहकले विभिन्न सुविधाको उपभोग गर्न पाउनेछन् ।

बचत खातामै ८४ लाखसम्मको बीमा

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाको ‘गुडविल एम्बेसडर’ अन्तर्गतको बचत खातामै ८४ लाखसम्मको बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ।

सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोल्ने कुनै पनि सेवाग्राहीबिरामी परेर उपचार गर्नु परेमा, अस्पताल भर्ना हुनु परेमा, ठूलो घातक रोग लागेमा वा कुनै दुर्घटनामा परेमा बैंकले ८४ लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ।

यो बीमामध्ये दुर्घटनामा परि उपचार गर्न परेमा, अशक्त भएमा वा मृत्यु भएमा ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराइने छ।

त्यस्तै, दीर्घ रोग लागेमा पनि ग्राहकहरूले उपचारको लागि ४० लाख रुपैयाँसम्मको बीमा पाउनेछन्।

सस्तो ब्याजमा सहुलियत ऋण

सर्वश्रेष्ठ बचत खाता खोलेर कर्जा लिँदा ब्याजदर र प्रशासनिक शुल्कमा विशेष छुट र सुविधा पाउनेछन्। यस खातामा तीन महिनाको औसत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन सकिन्छ। यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र हुनेछ।

जेष्ठ नागरिक सुविधा

बैंकले ५५ वर्षदेखि माथिका ग्राहकहरूलाई घरमै बंैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकले पैसा झिक्ने वा डिपोजिट गर्न घरमै बैंकका कर्मचारी पुग्ने छन्। ति कर्मचारीले पैसा झिक्न वा डिपोजिट गर्न समेत सहयोग गर्नेछन्। खातावाला बैंक वा एटिएमसम्म पुग्नु पर्दैन।

यो सुविधा एक ग्राहकले महिनामा ५ पटकसम्म उपभोग गर्न सक्नेछन्। यस्तो सुविधा लिन खातामा कम्तीमा १० लाख रुपैयाँ बैंक ब्यालेन्स हुनुपर्छ।

पाँच वर्षसम्म निःशुल्क सेवा

यस बै‌ंकको सर्वश्रेष्ठ बचत खातामा विभिन्न सेवा र सुविधाहरू पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न पाइन्छ। सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड पाँच वर्षको लागि निःशुल्क प्रयोग गर्न पाउँछन्।

एनआईसी एशिया फोनलोन सेवा

एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै डिजिटल रुपमा कर्जा लिन सक्नेछन् । बैंकले  मोबाइल बैंकिङ लोन लिँ मिल्ने गरी NIC ASIA Foneloan सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

आइसर्भबाट घरमै बसीबसी बैंकिङ सेवा 
आइसर्भ एनआईसी एशिया बैंकले ग्राहकहरुलाई उपलब्ध गराएको इनोभेटिभ डिजिटल प्लेटफर्म हो, जहाँ दुई दर्जनभन्दा धेरै डिजिटल सेवाहरु छन् । जसको प्रयोग गरेर डिजिटल कारोबार र विभिन्न बैंकिङ सेवाहरु अनलाइनबाटै लिन सकिन्छ ।

आईसर्भभित्र मुख्य पाँचवटा डोमेनहरू मोबाइल बैंकिङ्ग सेवा, कस्टुमर सर्भिस, टेलर सर्भिस, कार्ड सर्भिस र डिम्याट खाता खोल्ने छन् । यिनै पाँचवटा डोमेनभित्र २५ भन्दा धेरै सेवाहरू उपलब्ध छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *