नेप्सेमा थपियो साढे ११ लाख कित्ता बढी सेयर

नेप्सेमा साढे ११ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर थपिएको हो। यस कम्पनीको कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९का लागि कुल ९.४७३७ लाभांश वितरण गरेको थियो। जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ नगद लाभांश थिए। आज  ९ प्रतिशतले बोनस सेयर  नेप्सेमा सूचीकृत भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *