एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँड

एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँड गरिएको छ।

आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियो।

अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

यो आईपीओमा निष्कासको अन्तिम साँझ ५ बजेसम्म १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका लागि खरिद आवेदन परेको थियो। जसमा १४ लाख २५ हजार ७२० आवेदकबाट परेको १ करोड ५४ लाख ४५ हजार ८२० कित्ता सदर भएको छ भने बाँकी ६ हजार ५०२ आवेदकबाट परेको ७९ हजार ५८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। जसमा भाग्यमानी ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। १३ लाख ५६ हजार आवेदकको हात खाली भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *