साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






