वीरगंज । राजसस्था र हिन्दुअधिरज्य पुनर्स्थापनाको माग गर्दै वीरगंजमा बृहत मोटरसाईकल र्याली भएको छ।
स्वतन्त्र युवाहरुको समूह बिर गोर्खालीले वीरगंजको बिर्ता बजारबाट र्याली निकालेर वीरगंज बजार परिक्रमा गरि घन्टाघरमा कोणसभामा परिणत भएको हो। कार्यक्रममा सयौको संख्यामा बाइक र हजारौको उपस्थिति रहेको थियो।

बिरगोर्खाली अभियानको समुहले लामो समय देखि राजालाई देशको अभिभावकका रुपमा राख्न सडकबाटै दावाब दिदै आईरहेको छ। नेपाली राजनीतिमा अस्थिरता र तिब्र उतारचढाव आईरहेका बेला राज्यप्रणालीसंग असन्तुस्ट पक्षहरुले पुन: व्यवस्था परिवर्तनको माग गर्न थालेका हुन् ।

Artha Sanjal






