काठमाडाैँ । ग्यालेक्सी २३ अल्ट्राको लागि ग्राहकहरुबाट अत्यधिक माग भएसंगै ग्यालेक्सी २३ सिरिजको प्रि-अर्डरको रेकर्ड तोडिएको छ ।
सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।
ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढि प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा भन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ । पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् । लामो समयसम्म टिक्ने, गुणस्थरिय र भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् ।
सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापितले भने “हामी हाम्रा ग्राहकहरु प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं । यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ ।”






